site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
गाजालाई अनिकालबाट बच्न पर्याप्त खाद्यान्न सहायता चाहिन्छ : यूएनआरडब्लूए

कायरो । गाजामा रहेको प्यालेस्टिन शरणार्थीहरूका लागि संयुक्त राष्ट्रसंघको राहत तथा कार्य निकाय (यूएनआरडब्लूए)का एक अधिकारीले आइतबार घेरामा परेका प्यालेस्टिनी एन्क्लेभका मानिसहरूलाई भोकमरीबाट बच्न पर्याप्त खाद्यान्न सहायता आवश्यक रहेको बताएका छन् ।

“गाजाको सीमा क्षेत्रमा कुनै सुरक्षित क्षेत्र छैन र मानवीय संकट झन् जटिल हुँदै गइरहेको छ”, गाजामा यूएनआरडब्लूएका कार्यवाहक सार्वजनिक सूचना अधिकारी इनास हमदानले इजिप्टको सरकारी अल–काहेरा न्यूज टेलिभिजन नेटवर्कसँगको कायरोमा प्रत्यक्ष अन्तर्वार्तामा भने ।

उनले इजराइली आक्रमणका बीच दक्षिणी सहर रफाहबाट भागेका प्यालेस्टिनीहरूले दक्षिणी गाजा सहर खान युनिस र मध्य गाजाका आश्रय केन्द्रहरू भरिएको र प्रत्येक केन्द्रमा जम्मा भएका मानिसको सङ्ख्या करिब १६ हजार रहेको बताए ।

टोलीहरूले स्वास्थ्य सेवाहरू प्रदान गर्न र आश्रयहरूमा खाद्य आपूर्तिहरू वितरण गर्ने प्रयास गरिरहेका भन्दै उनले अनिकालबाट बच्न पर्याप्त खाद्य सहायता चाहिने धारण राखे । रासस/सिन्ह्वा

प्रकाशित मिति: आइतबार, जेठ २०, २०८१  २३:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro