site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
बजेट सबै मन्त्रालय र मन्त्रीहरूसँग सहमति गरेर ल्याइएको हो : मन्त्री अर्याल
फाइल तस्बिर ।

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले बजेट सबै मन्त्रालय र मन्त्रीहरूसँग सहमति गरेर नै ल्याइएको बताएका छन् ।

आइतबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले सरकारले नियतवश कुनै क्षेत्रलाई छुट्यायो भन्ने आरोप लगाउनु नहुने जिकिर गरे । सरकारले बजेट ल्याउँदा कुनै क्षेत्र छुटेका हुनसक्ने र ती क्षेत्रलाई आगामी बजेटमा नछुटाउन बहस र छलफल गर्न सकिने बताए । मन्त्रीहरूले बजेट पठाएपछि मात्रै बजेट आएको उनको भनाइ छ ।

उनले भने, "सरकारले बजेट ल्याउँदै गर्दा सबै क्षेत्रलाई समेट्यो समेटेन, निजी क्षेत्रलाई समेट्यो समेटेन, कर्मचारीहरूलाई समेट्यो की समेटेन । यसका बारेमा आज छलफल गर्दैछौँ । यो बजेट सरकारले ल्याएको हो । सरकारले बजेट ल्याउँदा कुनै क्षेत्र छुटेका हुनसक्छन्, अर्को पटक नछुटाउन के गर्न सकिन्छ भनेर बहस गर्न सकिन्छ । तर, नियतवश छुटाइएको हो भनेर आरोप लगाउन उचित हुँदैन । बजेट बनाउँदा सबै मन्त्रालय र मन्त्रीहरूले पठाएर नै बन्ने हो ।"

मन्त्री अर्यालले कर्मचारीको तलब बढाउने विषय श्रम मन्त्रालयअन्तर्गत नपर्ने बताए ।

 

प्रकाशित मिति: आइतबार, जेठ २०, २०८१  १६:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro