site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
बजेटमा प्याज र आलुको भ्याट हटाउँदा गृहिणीहरू खुसी भएका छन् : सांसद झा

काठमाडौं । जसपा सांसद रञ्जुकुमारी झाले जनकपुरलाई विवाह र लुम्बिनीलई वर्थिङ हब बनाउने बजेटको घोषणाले पर्यटन मात्र हैन कुटनीतिक सम्बन्ध पनि राम्रो बन्ने भन्दै यसलाई कार्यान्वयनमा जोड दिएकी छन् । 

आइतबारको प्रतिनिधिसभाको बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथिको सैद्धान्तिक छलफलमा बोल्दै उनले भौतिकतामा मात्र होइन अध्यात्मतिर पनि ध्यान दिन अनुरोध गरिन् । उनले सन्तुलित बजेट आएको बताइन् । उनले पाँच उद्देश्य बजेटको रूपान्तरणका लागि उपयुक्त भएको बताइन् । 

उनले गाँजा खेतीले ग्रीन टुरिजम बढ्ने, मेडिसिन र हिलिङ टुरिजम बन्ने भएकाले कानुन बनाउन अनुरोध गरिन् । आईटी हब बनाउने संकल्प बजेटको राम्रो पक्ष भएको उनले बताइन् । साथै उनले ट्याक्स रिलेटेड नयाँ पहलहरू पनि राम्रो भएको उल्लेख गरिन् । 

“प्याज र आलूको भ्याट हटाउँदा गृहीणीहरु खुसी भएका छन्,” उनले भनिन् । राम राजा सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान र गजेन्द्र नारायण सिंह अस्पताललाई बजेट छुट्याउँदा राम्रो भएको बताइन् । 

उनले चुरेपीडितका विषयमा बजेटले धेरै सम्बोधन गर्न नसकेको उल्लेख गरिन् । दिलीप महतोलाई पर्यावरण सहिद घोषणा गर्न बजेट आवश्यक भएको बताइन् ।
 

प्रकाशित मिति: आइतबार, जेठ २०, २०८१  १५:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro