site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
युद्धविरामको प्रस्तावमा सहमति जनाए सरकार ढाल्ने दुई इजरायली मन्त्रीको चेतावनी

काठमाडौं । दुईजना अति दक्षिणपन्थी इजरायली मन्त्रीहरूले युद्धविराम प्रस्तावमा सहमत भए गठबन्धन छाड्ने र सरकार ढाल्ने चेतावनी दिएका छन् ।

वित्तमन्त्री बेजलेल स्मोट्रिच र राष्ट्रिय सुरक्षामन्त्री इटामार बेन–गभिरले अमेरिकी राष्ट्रपति जो बाइडेनले ल्याएको युद्धविराम प्रस्तावमा सहमति नजनाउन प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई चेतावनी दिएका हुन् ।

उनीहरूले हमासलाई ध्वस्त नपारेसम्म कुनै पनि सम्झौताको आफूहरू विपक्षमा रहेको बताएका छन् ।

Dabur Nepal
NIC Asia

तर, विपक्षी नेता याइर लापिडले नेतान्याहुले प्रस्तावलाई समर्थन गरेमा सरकारलाई साथ दिने वाचा गरेका छन् ।

उसो त प्रधानमन्त्री स्वयंले हमासका नेता र लडाकुहरूको नसकिएमसम्म र सबै बन्धकहरूलाई रिहा नगरेसम्म स्थायी युद्धविराम हुन नसक्नेमा जोड दिएका छन् ।

बाइडेनले ६ हप्ता लामो युद्धविरामको प्रस्ताव ल्याएका छन् । जसअनुसार इजरायली रक्षा बल (आईडीएफ) गाजाको धेरै जनसंख्या भएको क्षेत्रबाट फिर्ता हुनेछ । यस्तै, सबै बन्धकहरूको रिहाइ गरिनेछ । त्यसपछि गाजाको पुनर्निर्माणका लागि योजना बनाउने बाइडेनको प्रस्ताव छ ।

तर, इजरायलका मन्त्री स्मोट्रिचले आफूले नेतान्याहुलाई हमासलाई नष्ट नगरी र सबै बन्धकहरूलाई फिर्ता नगरी युद्ध समाप्त गर्ने प्रस्तावको हिस्ना नबन्न भनेको बताएका छन् । उनले प्रस्तावमा सहमति गरे सरकार नै भंग गर्ने चेतावनी दिएका छन् ।

तर, इजरायलका सबैभन्दा प्रभावशाली विपक्षी नेतामध्येका एक याइर लापिडले प्रधानमन्त्रीलाई आफूहरूको समर्थन रहने बताएका छन् ।

बीबीसीबाट ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ २०, २०८१  १२:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro