site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
हारबाट जोगियो मियामी

काठमाडौं । खेलको निर्धारित समय सकिन पाँच मिनेट बाँकी रहँदा जोर्डी अल्बाले बराबरी गोल फर्काएपछि मेजर सकर लिग (एमएलएस) मा सेन्ट लुइसविरुद्ध इन्टर मियामी ३–३ को बराबरीमा रोकिएको छ ।

आइतबार बिहान भएको खेलमा मियामीले तीनपटक पछि परेको अवस्था उल्ट्याउँदै एक अंक खोस्न सफल भएको हो ।

Dabur Nepal
NIC Asia

खेलको १५औँ मिनेटमा क्रिस डुर्किनले गोल गर्दै सेन्ट लुइसलाई अग्रतामा राखेका थिए । तर, २५औँ मिनेटमा कप्तान लियोनल मेसीको गोलमा मियामी खेलमा फर्किएको थियो । ४१औँ मिनेटमा इन्डियाना भासिलेभले गोल गरेपछि लुइसले पुनः २–१ किो अग्रता बनाएको थियो । तर, पहिलो हाफको इन्जुरी समयमा लुइस स्वारेजले गोल गर्दै मियामीलाई पुनः खेलमा फर्काएका थिए ।

६८औँ मिनेटबाट मियामीका स्वारेजबाट आत्मघाती गोल उपहार पाएपछि लुइसले पुनः ३–२ को अग्रता बनाएको थियो । तर, ८५औँ मिनेटमा अल्बाले बराबरी गोल फर्काएपछि मियामीले सम्भावित हार टारेको हो ।

बराबरीका बावजुद मियामी लिगको इस्र्टन कन्फेरेन्सको शीर्ष स्थानमा कायमै छ । मियामीले १८ खेल खेल्दा ३५ अंक जोडेको छ । १५ खेल खेलेको सेन्ट लुइस भने वेस्टर्न कन्फेरेन्सको ११औँ स्थानमा छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ २०, २०८१  ११:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro