site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सुनसरीबाट सशस्त्र प्रहरीले बरामद गर्‍यो एक करोड एक लाख

काठमाडौं । सुनसरीबाट सशस्त्र प्रहरीले हुन्डीको आशंकामा एक करोड एक लाख रुपैयाँ बरामद गरेको छ ।

सुनसरीको हरिनगर गाँउपालिका–५ दुर्गा मन्दिरस्थित सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोस्ट बसन्तपुरको चेकप्वाइन्ट टोलीले घुस्की नाकाबाट हरिनगरतर्फ जादैँ गरेको बा १६ च ७६१३ नम्बरको कारबाट उक्त रकम बरामद गरेको हो ।

कारभित्र बोरामा लुकाएको अवस्थामा एक हजार दरका ९ हजार ७०० थान नोट (९७ लाख) र ५०० दरका ८०० थान नोट (चार लाख) बरामद गरिएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

रकमसँगै कार र चालक सुनसरीको हरिनगर गाँउपालिका–५ का ३७ वर्षीय इसा अन्सारीलाई नियन्त्रणमा लिइएको छ । प्रारम्भिक सोधपुछमा उनले रकमको स्रोत खुलाउन सकेका छैनन् ।

प्रकाशित मिति: आइतबार, जेठ २०, २०८१  ०८:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro