site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
चितवनविरुद्ध रोमाञ्चक जित निकाल्दै ललितपुर शीर्ष स्थानमा

काठमाडौं । नेपाल सुपर लिग (एनएसल)मा साविक विजेता ललितपुर सिटीले एफसी चितवनविरुद्ध रोमाञ्चक जित निकाल्दै शीर्ष स्थानमा उक्लेको छ । बिहीबार राजधानीस्थित दशरथ रंगशाामा सम्पन्न खेलमा ललितपुर सिटीले एफसी चितवनविरुद्ध २–१ को जित निकाल्दै शीर्ष स्थानमा उक्लेको हो ।
 
ललितपुर सिटीका इमोह इजकिएको र मणिकुमार लामाले गोल गरे । एफसी चितवनका लागि भिक्टोर मन्सारेले गोल गरे पनि हार भने टार्न सकेनन् ।

खेलको तेस्रो मिनेटमा इमोहले मणिकुमार लामाको फ्रि–किक क्रसमा हेडरमार्फत सुन्दर गोल गर्दे टोलीलाई अग्रता दिलाए ।

७४औं मिनेटमा एफसी चितवनले भिक्टोर मन्सारेको गोलमा पुनारागमन गर्‍यो । उनले पेनाल्टी बक्सभित्र चालाखीपूर्ण गोल गर्दै टोलीलाई बराबरीमा राखे ।

८०औँ मिनेटमा मणिकुमार लामाले १ यार्ड बक्स नजिकै पाएको फ्रिकिक प्रहारमा सिधै दोस्रो बरमा जाली चुमाउँदै टोलीको जित सुनिश्चित गरे ।

जितसँगै ललितपुर सिटीले शीर्ष स्थानमा उक्लेको छ । चार खेलमा ललितपुरले आठ अंक बनाएको छ । पराजित चितवन भने सात अंकमा सीमित हुँदै दोस्रो स्थानमा झरेको छ ।

प्रकाशित मिति: बिहीबार, चैत २८, २०८१  २०:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro