site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रामेछापमा जीप दुर्घटना : दुईजनाको मृत्य, नौ घाइते
प्रतीकात्मक तस्बिर ।
Tiktok banner adTiktok banner ad

मन्थली (रामेछाप) । रामेछापमा जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा नौजना घाइते भएका छन् ।

मन्थली नगरपालिका–३, ठाँटीमा बा १६ च ६४७६ नं को जीप बिहीबार दुर्घटना हुँदा स्थानीय ६२ वर्षीया कृष्णनारायण श्रेष्ठ र ११ वर्षीया भूमिका श्रेष्ठको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रदीपकुमार सिंहका अनुसार स्थानीय शारदादेवी मन्दिरमा पूजा सकेर फर्कने क्रममा उक्त दुर्घटना भएको हो ।

घाइतेको मन्थलीस्थित विभिन्न अस्पतालमा उपचार भइरहेको छ । चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । रासस

 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत २८, २०८१  २०:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro