site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
बर्दियाका विद्यालय थप तीन दिन बन्द
प्रतीकात्मक तस्बिर ।

बर्दिया । बर्दियामा अत्यधिक गर्मीका कारण मधुवन नगरपालिकाका सबै विद्यालय थप तीन दिनका निम्ति बन्द गर्ने निर्णय गरिएको छ । यसअघि, जेठ १६ देखि १८ गतेसम्म विद्यालय बन्द गरिएको थियो ।

नगर शिक्षा समितिको शनिबारको बैठकबाट जेठ २२ गतेदेखि सञ्चालनमा आउने गरी थप तीन दिन विद्यालय बन्द गर्ने निर्णय गरिएको उक्त शाखाका प्रमुख नारायण खनालले बताए ।

बर्खे बिदाबाट कट्टा हुने गरी सबै विद्यालयको प्रशासनिक कार्य गर्न÷गराउन बाधा नपर्ने गरी पठनपाठन कार्य मात्र बन्द गरिएको मधुवन नगरपालिकाका शिक्षा सुपरिवेक्षक खगेन्द्रप्रसाद खनालले बताए । बिदा घोषणा गरिए पनि मौसम अनुकूल भएको खण्डमा पठनपाठन गर्न सकिने उनले जानकारी दिए ।

गर्मीका कारण जिल्ला अस्पताल तथा विभिन्न मेडिकलमा बिरामीको संख्या बढेको छ । बिरामीको चापले अस्पतालमा शय्याको अभाव हुन थालेको जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुवास पाण्डेले बताए । गर्मी र तातो हावाका कारण बिरामी हुनेको संख्या दिन प्रतिदिन बढिरहेको उनले उल्लेख गरे । रासस

प्रकाशित मिति: शनिबार, जेठ १९, २०८१  १९:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro