site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
दीपेन्द्रसिंह ऐरी ‘फिट’, ललित र सागरले ‘टिम ब्यालेन्स’
फाइल तस्बिर ।

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले टेस्ट मान्यताप्राप्त राष्ट्रलाई हराएर नेपाल सक्षम छ भन्ने सन्देश दिने बेला भइसकेको बताएका छन् । शनिबार अमेरिकामा अभ्यासका क्रममा सञ्चारकर्मीसँग उनले यस्तो बताएका हुन् ।

टेस्ट मान्यताप्राप्त टिमलाई हराएर नेपाल सबै किसिमबाट सक्षम भन्ने सन्देश विश्वकपमा दिइने उनले उल्लेख गरे । उनले आफूहरू विश्वकपका निम्ति उत्साहित रहेको बताए । “राम्रो खेलेर हामी सबैको नजर तान्नेछौँ,” उनले भने, “टेस्ट मान्यताप्राप्त टिमलाई हराएर हामीले हामी पनि सक्षम छौँ भन्ने सन्देश दिनुपर्छ अब ।”

उनले करिब २५ दिनेदेखि नेपाली टिमले वेस्ट इन्डिज र अमेरिकामा अभ्यास गरिरहेको जानकारी गराए । विश्वकपका निम्ति सबै किसिमको तयार गरिएको उनले सुनाए । राम्रो खेलेर समर्थकलाई उपहार दिने उनको भनाइ छ ।

“विश्वकपका लागि एकदमै एक्साइटेड छौँ । २५ दिनदेखि बाहिर नै छौँ । विश्वकप नजिकिँदै गर्दा एक्साइटेड झनै बढिरहेको छ । अभ्यास गरिरहेका छौँ । हामी तयारीमा छौँ,” उनले भने, “सबैजना साथमा हुनुहुन्छ । बेस्ट क्रिकेट खेलेर हामी खुसी दिनेछौँ । नेपाललाई अमेरिकामा सपोर्ट छ ।” 

नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक मोन्टी देसाईले पहिलो खेलका निम्ति केन्द्रित भएर अभ्यास गरिरहेको बताए । सबै किसिमले अब नेपाल विश्वकप खेल्न तयार रहेको उनले उल्लेख गरे । “हामीले पहिलो गेमका लागि फोकस गरेर तयारी गरिरहेका छौँ । हामी अब सबै किसिमले विश्वकपका लागि तयार छौँ,” उनले भने ।

उनले योपटक दुई देशमा विश्वकप हुने र उक्त स्थानहरूको वातावरणमा घुलमिल हुन नेपाल एक महिनाअगाडि नै ती देशमा पुगेको र अभ्यास जारी राखेको बताए । “नयाँ ठाउँमा केही तयारी गर्नुपर्ने हुन्छ । त्यसकै लागि हामी करिब एक महिनाअघि नै आएर यहाँ भिज्ने प्रयास गरेका छौँ,” उनले भने, “दुई फरक–फरक देशमा खेल छ, त्यसका लागि हामी अब तयार छौँ ।”

नेपाललाई ब्याटिङ र बलिङमा उत्कृष्टता आवश्यक रहेको भन्दै उनले स्पिनरमा ललितनारायण राजवंशी र सागर ढकालले जिम्मेवारी सम्हाल्ने जानकारी गराए । “दीपेन्द्रसिंह ऐरी अहिले सबै किसिमले रेडी छ, अभ्यासहरू गरिरहेको छ,” उनले भने, “स्पिनर बलरको भूमिका धेरै नै महत्त्वपूर्ण छ, त्यसको लागि ललित र सागर छन् । त्यसले हाम्रो टिम ब्यालेन्स भएको छ ।”

उनले दीपेन्द्रसिंह ऐरी सबै किसिमले ‘फिट’ रहेको बताए । नेपाली टिममा सबै किसिमले ब्यालेन्स मिलेको उनले उल्लेख गरे ।

यही जुन २ देखि अमेरिका र वेस्ट इन्डिजमा आईसीसी ट्वान्टी–२० विश्वकप हुँदै छ । नेपालले आफ्नो पहिलो खेलमा जुन ४ मा नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्नेछ । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: शनिबार, जेठ १९, २०८१  १७:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro