site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
परिसंघले भन्यो– स्वदेशी उद्योगलाई मारेर ‘खुद निर्यातकर्ता’ बन्ने धुनमा प्राधिकरण छ

काठमाडौं । नेपालका उद्योगहरूमा लोडसेडिङ यथावत् राख्दै नेपाल विद्युत् प्राधिकरणले विद्युत् निर्यात गरेको विषयप्रति नेपाल उद्योग परिसंघले गम्भीर आपत्ति जनाएको छ । प्राधिकरणले सोमबारदेखि दैनिक ४०० मेगावाट विद्युत् निर्यात गरेको समाचारप्रति परिसंघले ध्यानाकर्षण गराएको हो ।

सरकारले स्वदेशी उद्योगहरूको प्रवर्द्धन गर्ने, निजी क्षेत्रको मनोबल बढाउन प्रयासरत रहेको बताइरहँदा सरकारी निकाय नै रहेको विद्युत् प्राधिकरणले स्वदेशी उद्योगहरूलाई मारेर कसरी विद्युत् निर्यात गर्न सक्यो भन्नेमा परिसंघ चिन्तित भएको जानकारी दिइएको छ ।  

“हामीले विद्युत् उत्पादन कम हुँदा आयात गरेरै भए पनि उद्योगहरूलाई विद्युत् उपलब्ध गराउन आग्रह गर्दै आएका थियौँ । तर, प्राधिकरणले विद्युत् आयात गर्दा महंगो पर्ने तर्क गर्दै विद्युत् आयात नै गरेन । जसको मारमा उद्योगहरू विगत तीन महिनाअघिदेखि पर्दै आएका छन्,” परिसंघले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “अहिले विद्युत् बचत हुँदा पनि उद्योगहरूलाई पर्याप्त उपलब्ध नगराई निर्यात गर्नु भनेको प्राधिकरणले आफूलाई ‘खुद निर्यातकर्ता’ देखाउन खोजेको पुष्टि गरेको छ । प्राधिकरणको यस कार्यको परिसंघ खेद प्रकट गर्दछ ।”

स्वदेशी उद्योगमा बिजुली मागेजति नदिने तर, निर्यात गरेर आम्दानी देखाउनेतर्फ ध्यान नदिई स्वदेशी उद्योगहरूको प्रवर्द्धनमा सहयोग गर्न परिसंघले आग्रह गरेको हो । साथै, उद्योगहरूलाई पर्याप्त विद्युत् उपलब्ध गराएर बचत रहेको विद्युत् मात्रै निर्यात गर्न परिसंघले माग गरेको छ ।  

प्रकाशित मिति: शुक्रबार, जेठ १८, २०८१  १९:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro