site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
घट्यो सामसङ ग्यालेक्सी ए२५, एम १४ एलटीई र ए०५ को मूल्य

काठमाडौं । सामसङ नेपालले ग्यालेक्सी ए२५ ५जी, ग्यालेक्सी एम१४ एलटीई र ग्यालेक्सी ए०५ को मूल्य घटाएको छ । यी मोबाइलको मूल्य एक हजारदेखि दुई हजारसम्म घटाएको हो ।

ग्यालेक्सी ए२५ ५जी अन्तर्गत पर्ने ८जीबी र्‍याम र २५६ जीबी मेमोरी भएको फोनको मूल्य दुई हजार घटाएर ४२ हजार ९९९ रुपैयाँ कायम गरेको छ । यसअघि यो फोनको मूल्य ४४ हजार ९९९ रुपैयाँ थियो ।

त्यस्तै, ग्यालेक्सी ए२५ ५जीको ८जीबी र्‍याम र १२८ जीबी मेमोरी भएको फोनको मूल्य एक हजार घटाएको छ । यो फोनको मूल्य ३९ हजार ९९९ रुपैयाँ तोकिएको छ ।

त्यसैगरी ग्यालेक्सी एम१४ एलटीईको मूल्य २० हजार ९९९ रुपैयाँ तोकिएको छ । यसअघि यो फोनको मूल्य २१ हजार ९९९ रुपैयाँ तोकिएको थियो । यो फोनमा ६जीबी र्‍याम र १२८जीबी मेमोरी छ ।

ग्यालेक्सी ए०५ को मूल्य एक हजार घटाएर १७ हजार ९९९ रुपैयाँ कायम गरिएको छ । ६जीबी र्‍याम र १२८जीबी मेमोरी भएको यो मोबाइलको मूल्य यसअघि १८ हजार ९९९ रुपैयाँ थियो ।

सामसङले ग्यालेक्सी ए२५ ५जी र एम१४ एलटीई इन्स्टा फाइनान्समार्फत आफ्नो नागरिकताको साथमा शून्य प्रतिशत ब्याजदरमा इएमआई सुविधा पनि दिँदै आएको छ । यो सेवा देशभरका ५०० भन्दा बढी आधिकारिक सामसङ रिटेल स्टोरहरूमा उपलब्ध रहेको पनि बताइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ १८, २०८१  १७:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro