site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
नारायणघाटमा एनसेलको नयाँ सेन्टर
SkywellSkywell

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले चितवनको नारायणघाटमा नयाँ एनसेल सेन्टर सञ्चालनमा ल्याएको छ । ग्राहकहरूलाई एकै स्थानबाट विभिन्न सेवा प्रदान गर्दै विश्वस्तरीय सेवा सुविधाको अनुभव प्रदान गर्ने उद्देश्यका साथ लायन्स चोक (होटेल रेड कार्पेट भवन), नारायणघाटमा आफ्नो नयाँ सेन्टर सञ्चालनमा ल्याएको हो ।

एनसेलका चिफ अफ स्टाफ अपरेशन स्टेफन रोड्रिगेजले एक कार्यक्रममा बिहीबार उक्त नयाँ एनसेल सेन्टरको उद्घाटन गरेका हुन् । यो सेन्टरबाट ग्राहकहरूले सबै किसिमका ग्राहक सेवाहरू प्राप्त गर्न सक्छन् ।

Dabur Nepal
NIC Asia

आफ्नो ब्रान्ड बाँचा ‘आज, भोलि, सधैँ सँगै’ तथा थिम ‘हामी तपाईंकै लागि’ अनुरुप स्थापना गरिएको यस नयाँ सेन्टरबाट ग्राहकले एनसेलका सेवा तथा सुविधाहरूका बारेमा सोधपुछ गर्न, सिम खरिद गर्न, इन्टरनेट सेटिङको जानकारीलगायत विभिन्न कर्पोरेट सेवाहरू समेत लिन सक्छन् । यसैगरी ग्राहकहरूले यस सेन्टरबाट आफ्नो सिम फोरजीमा अपग्रेड गर्ने, सिम तथा मोबाइल नम्बर परिवर्तन, सिम इ–सिममा अपग्रेड गर्न, सीयूजी नम्बरहरूको आवश्यक फेरबदल गर्ने, बिज प्लान, अन्तर्राष्ट्रिय रोमिङ सुचारु गर्ने, बिल तिर्ने, ब्यालेन्स रिचार्ज र ट्रान्सफर गर्ने लगायतका ग्राहक सेवाहरू प्राप्त गर्न सक्छन् । 

सेन्टर उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै चिफ अफ स्टाफ, अपरेशन स्टेफन रोड्रिगेजले भने, “नारायणघाटमा खोलिएको नयाँ एनसेल सेन्टरबाट गुणस्तरीय ग्राहक सेवा प्रदान गर्ने हाम्रो कार्यलाई निरन्तरता दिन पाउँदा हामी हर्षित छौँ । ‘हामी तपाईंकै लागि’ अर्थात् नेपाल र नेपालीका लागि हौँ र यही थिममा आधारित भई ग्राहक सेवाका लागि स्थानीय स्तरमा नै उपस्थिति जनाई ग्राहकहरूलाई ‘सधैँ अन’ रहन सक्षम बनाउँदै कनेक्टिभिटीले ल्याउने अवसरहरूबाट फाइदा पुर्याउनु हाम्रो उदेश्य रहेको छ ।”

2-1717153241.jpg
 

उक्त अवसरमा कम्पनीको ‘सधैँ अन’ योजनाका बारेमा बोल्दै उनले यो यस्तो प्रकारको नेपालमा नै पहिलो योजना भएको र यसले मोबाइल डेटामा प्याक सकिएपश्चात मेन ब्यालेन्स काटिने समस्या हटाएर सेवामा पहुँच अझ सहज र सुलभ बनाएको बताए । “यसले प्रयोगकर्ताहरूलाई आफ्नो मेन ब्यालेन्स काटिने डर नराखी आफ्नो डेटा सधैँ अन राख्न मदत गर्दछ किनकि आजको डिजिटल युगमा धेरै कार्यहरू अनलाइनमार्फत नै गरिने हुनाले उनीहरू सधैँ अनलाइन रहनु पर्दछ,” उनले भने ।

आइतबारदेखि शुक्रबार हप्ताको ६ दिन यस सेन्टरले ग्राहकहरूलाई सेवा प्रदान गर्नेछ । यसअघि एनसेलले पुल्चोक, नारायणघाटमा रहेको आफ्नो पुरानो एनसेल सेन्टरबाट ग्राहक सेवा प्रदान गर्दै आएको थियो । आफ्नो ग्राहक सेवालाई अझ सहज बनाइ उत्कृष्ट ग्राहक अनुभव प्रदान गर्न एनसेलले देशका विभिन्न भागमा ३० वटाभन्दा बढी एनसेल सेन्टर सञ्चालन गर्दै आएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ १८, २०८१  १६:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu