site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
यौन दुर्व्यवहारको आरोप लागेपछि भागेका भारतीय पूर्व सांसद स्वदेश फर्किँदै
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad
SkywellSkywell

कर्णाटक । सयौं महिलालाई यौन दुर्व्यवहार गरेको आरोप लागेपछि फरार भएका भारतका पूर्व सांसद प्रज्ज्वल रेभन्ना करिब एक महिनापछि स्वदेश फर्किने भएका छन् । एक अज्ञात स्थलबाट भिडियो सार्वजनिक गर्दै उनले आफू मे ३१ मा स्वदेश फर्किने जनाएका छन् ।

कर्णाटकको हसन क्षेत्रका सांसद रहिसकेका उनी अप्रिल २७ मा अचानक जर्मनीतर्फ भागेका थिए । उनका हजुरबुबा तथा पूर्व प्रधानमन्त्री एचडी देभेगौडाले गत साता आफ्ना नातिलाई सार्वजनिक रूपमा तत्काल स्वदेश फर्केर आउन र देशको कानुनको सम्मान गर्न आग्रह गरेका थिए । 

KFC Island Ad
NIC Asia

प्रज्ज्वलले आफ्नो सन्देशमा ३१ मेका दिन उनी स्पेसल इन्भेस्टिगेसन टीम (एसआईटी)समक्ष बयान दिनका लागि उपस्थित हुने जनाएका छन् । भिडियोमा उनले अझै पनि यौन हिंसाको आरोपलाई अस्वीकार गरेका छन् । 

महिलाहरुलाई यौन दुर्व्यवहार गरिएका सयौं भिडियो कर्णाटकको चुनावको समयभन्दा केही दिनअघि पेनड्राइभमा हालेर सर्वसाधारणलाई बाँडिएको थियो । बीबीसी

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ १६, २०८१  १५:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro