site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
सिरियामा विद्रोही समूहले गरेको आक्रमणमा ८९ जनाको मृत्यु

काठमाडौं । सिरियामा विद्रोही समूहले गरेको आक्रमणमा ८९ जनाको मृत्यु भएको छ । न्युयोर्क टाइम्सका अनुसार, विद्रोहीहरूले विगत चार वर्षमा गरेको यो सबैभन्दा ठूलो हमला हो । उनीहरूले सिरियाली सेनाको एक सैन्य अखडा पनि कब्जा गरेका छन् ।

हमला गर्ने समूह हयात तहरिर अल–शामलाई अलकायदाले समर्थन गरेको छ । लडाकुहरूले बसर अल–असदको सरकारलाई समर्थन गर्ने सेनाहरूबाट हतियार र सवारी साधनहरू कब्जा गरेका छन् ।

सिरियाली विद्रोही समूहहरूले सिरियाली सरकारका ४६ सैन्य अड्डा कब्जा गरेको दाबी गरेका छन् । उनीहरूले १० घण्टाभित्र अलेप्पो सहरका धेरै गाउँहरू कब्जा गर्न सफल भएको बताएका छन् । यद्यपि, सिरियाली सरकारले उनीहरूको दाबीबारे केही बताएको छैन ।

सिरियामा सन् २०११ मा अरब स्प्रिङबाट गृहयुद्ध सुरु भएको हो । सिरियामा सन् २००० देखि सत्तामा रहेको बसर अल असदको तानाशाह सरकारविरुद्ध प्रजातन्त्र समर्थकहरूले विरोध प्रदर्शन सुरु गरेका थिए ।

संयुक्त राष्ट्रसंघको प्रतिवेदनअनुसार, दशक लामो गृहयुद्धमा तीद्द लाखभन्दा बढी मानिस मारिएका छन् । यसबाहेक लाखौं मानिस विस्थापित भएका छन् 

प्रकाशित मिति: शुक्रबार, मंसिर १४, २०८१  १४:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro