site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
नेपाल र यूएईबीचको दोस्रो लेग साउदी अरेबियामा हुने
फाइल तस्बिर ।

काठमाडौं । फिफा विश्वकप छनोटअन्तर्गत दोस्रो चरणमा नेपालले यूनाइटेड अरब इमिरेट्स (यूएई) सँगको दोस्रो लेग साउदी अरेबियामा खेल्ने भएको छ ।

यसअघि यूएईसँगको पहिलो खेल उसैको मैदानमा खेलेको नेपालले दोस्रो लेगमा पाहुना टिमसँग घरेलु मैदानमा खेल्ने तय थियो । तर, नेपालको दशरथ रंगशाला खेल्न योग्य नभएपछि खेल तटस्थ भूमिमा सारिएको हो । दशरथ रंगशालामा एसियन फुटबल महासंघ (एएफसी)ले सुरक्षा, मैदानमा घाँसको अवस्था र रंगरोगनको विषयमा प्रश्न उठाउँदै खेल्न अयोग्य रहेको जनाएको हो ।

Dabur Nepal
NIC Asia

यसअघि मैदान अयोग्य भएकै कारण नेपालले बहराइनसँगको खेल पनि उसैको मैदानमा खेलेको थियो ।

नेपाल र यूएईबीचको दोस्रो लेग जुन ६ मा हुने तालिका छ । छनोट समूह एचमा रहेको नेपालसँगै यूएई, बहराइन र यमन छन् । छनोटमा नेपालले हालसम्म चार खेल खेले पनि अंकको खाता खोल्न सकेको छैन ।

 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ १५, २०८१  २२:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro