site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
'लोन'मा यो हदसम्मको आश्रय खतरनाकको सूचक हो कि भन्ने लागेको छ : स्वर्णिम वाग्ले

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपाध्यक्ष तथा सांसद स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षका लागि सरकारले खर्च पूर्ति गर्न लिने भनिएको ऋण खतराको सूचक हुन सक्ने बताएका छन् । मंगलबार आगामी वर्षको बजेटको बारेमा प्रतिक्रिया दिँदै संसद् भवन बाहिर सांसद वाग्लेले यस्तो बताएका हुन् ।

“आय र व्ययको अनुपात मध्य पथमा छ । राजस्व अझै बढी महत्त्वकांक्षी भएको हुन्थ्यो । लोनमा यो हदसम्मको आश्रय चाहिँ अलिकति खतरनाकको सूचक हो कि भन्ने मलाई लागेको छ,” उनले भने, “तर, यो १८६० अर्ब नै खर्च नहोला । त्यो मात्रामा आन्तरिक लोन नउठाउनु पर्ला भन्ने हिसाबले पनि अनुमान गरिएको हुन सक्दछ । ग्रोथ जेनेरेक्टिङ सेक्टरको प्राथमिकीकरण राम्रो छ ।”

मन्त्रालयगत कार्यक्रम पनि राम्रो रहेको उनले प्रतिक्रिया दिएका छन् । कार्यान्वयनका लागि अर्थमन्त्री र विभागीय मन्त्रीहरूलाई झकझकाउनुपर्ने पनि उनले बताए ।

 

प्रकाशित मिति: मंगलबार, जेठ १५, २०८१  १९:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro