site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
नेपाली सेनालाई प्रविधियुक्त बनाइने, रक्षा मन्त्रालयलाई ५९ अर्ब ८७ करोड बजेट 

काठमाडौं । रक्षा मन्त्रालयलाई आगामी आर्थिक वर्ष २०८१/०८२ को लागि ५९ अर्ब ८७ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।  अर्थमन्त्री वर्षमान पुनले मंगलबार संसद्‌मा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै उक्त जानकारी दिएका हुन् । 

आगामी आर्थिक वर्ष नेपाली सेनालाई प्रविधियुक्त, दक्ष र व्यवसायी बनाउने लक्ष्य राखिएको उनले जनाए । आगामी वर्ष नेपाली सेनाको बंकर टु ब्यारेक कार्यक्रमको लागि एक अर्ब ५० करोड रुपैयाँ रकम बजेट छुट्टयाइएको उनले बताए । 

“राष्ट्रिय सुरक्षा नीतिको प्रभावकारी कार्यन्वयन गरिनेछ,” अर्थमन्त्री पुनले जनाए । आगामी आर्थिक वर्ष नेपाली सेनाले सञ्चालन गरिरहेको राष्ट्रिय सेवा दल कार्यक्रमलाई स्थानीय तहसम्म लैजाने पनि उनले बताए । 
 

प्रकाशित मिति: मंगलबार, जेठ १५, २०८१  १६:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro