राजनीति
काठमाडौं । वाग्मती प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरिएको छ । सोमबार प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेशसभा बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।
नीति तथा कार्यक्रममा उत्पादन र उत्पादकत्व वृद्धिसहितका विषयलाई प्राथमिकतामा राखिएको छ ।
यसैगरी, स्वास्थ्य नीति लागु गर्ने, प्रदेश गौरवको आयोजना व्यवस्थित गरी कार्यान्वयन गर्ने, एक माध्यमिक विद्यालय, एक नर्स कार्यक्रमलाई विस्तार गर्नेसहितका विषयमा समावेश गरिएको छ ।
हेर्नुहोस् पूर्णपाठ
प्रकाशित मिति: सोमबार, जेठ १४, २०८१ १९:१३
प्रतिक्रिया दिनुहोस्