site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
गार्डियन माइक्रो लाइफले आईपीओ निष्कासन गर्ने
Dabur Nepal
NIC Asia

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले प्रतिसेयर १०० रूपैयाँ अंकित दरको २२ लाख ५० हजार कित्ता प्राथमिक साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । उक्त आईपीओ निष्कासन गर्न कम्पनीले कुमारी क्यापिटल लिमिटेडलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो ।

उक्त सम्झौतापत्रमा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारी र कुमारी क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरेका हुन् ।

कम्पनीका अनुसार गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स नेपालको पहिलो पूर्ण डिजिटल प्रविधिबाट बिमालेख जारी गर्ने लघुजीवन बिमा कम्पनी हो । जसमा १४ हजारभन्दा बढी पोलिसी होल्डर तथा ५०० भन्दा बढी एजेन्ट रहेका छन् । केन्द्रीय कार्यालयसहित शाखा उपशाखा तथा एक्सटेसन काउन्टर गरी देशभर २६ कार्यालयमार्फत सेवा दिँदै आएको छ । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ १४, २०८१  १७:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro