राजनीति
काठमाडौं । सत्तासाझेदार दल नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक जारी छ । काठमाडौंको आलोकनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक बसेको हो ।
पार्टीको आसन्न महाधिवेशनको तयारीलगायत समसामयिक विषयमा बैठकमा छलफल भइरहेको बताइएको छ । एकीकृत समाजवादीको महाधिवेशन आउँदो असार १६ देखि २० गतेसम्मका निम्ति तय गरिएको छ ।
प्रकाशित मिति: सोमबार, जेठ १४, २०८१ १५:१४
प्रतिक्रिया दिनुहोस्