site stats
बाह्रखरी :: Baahrakhari
देश
मनसुनजन्य विपद्‌बाट हुन सक्ने क्षतिको न्यूनीकरणको तयारीमा जुट्न गृहमन्त्रीको निर्देशन 
Argakhachi Cement Island Ad

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले मनसुन पूर्व तयारी र प्रतिकार्यमा जनशक्ति परिचालन गर्न निर्देशन दिएका छन्। सोमबार सिंहदरबारमा मनसुन पूर्व तयारीका विषयमा आयोजित छलफलमा लामिछानेले सम्पूर्ण जनशक्ति परिचालन गरी मनसुनजन्य विपद्‌बाट हुन सक्ने क्षतिको न्यूनीकरण गर्ने तयारी गर्न निर्देशन दिएका हुन् । 

अहिले २० हजारलाई राहत दिन सक्ने गरी उद्धार र राहतका लागि राज्य सक्षम रहेको जानकारी दिँदै उनले प्रकोपपछि तत्कालै उद्दार र राहतका लागि तयारी गर्नुपर्ने बताए । उनले अत्यन्तै जोखिमयुद्ध क्षेत्रमा एक साताभित्र जनशक्ति परिचालन गरी नागरिकलाई सुसूचित गराउने काममा लाग्न पनि निर्देशन दिए । 

गृहमन्त्री लामिछानले प्राकृतिक प्रकोपपछि आवश्यक पर्ने सामाग्री अभाव भए खरिद कार्यअघि बढाउन सरोकारवाला निकायलाई ध्यानाकर्षण गराएका छन् । कार्यक्रममा सुरक्षा निकायका प्रमुखहरूले मनसुन पूर्वतयारी र प्रतिकार्यका लागि गरिएको तयारीबारेमा जानकारी गराएका थिए ।
 

प्रकाशित मिति: सोमबार, जेठ १४, २०८१  १४:५४
प्रतिक्रिया दिनुहोस्