विदेश
टेक्सास । मध्य अमेरिकाका केही राज्यमा आएको टोर्नाडो र आँधीबाट मृत्यु हुनेको संख्या १५ पुगेको छ । ती क्षेत्रमा ठूलो संख्यामा घरहरू भत्कनुका साथै लाखौँ मानिस विद्युतविहीन भएका छन् ।
उत्तरी टेक्सासमा सातजनाको मृत्यु भएको छ । अर्कान्सासमा पाँचजनाको मृत्यु भएको छ । यस्तै, ओक्लाहोमामा दुई र केन्टुकीमा एकजनाको मृत्यु भएको जनाइएको छ ।
आइतबार करिब पाँच लाख मानिस विद्युतविहीन रूपमा बस्नुपरेको जनाइएको छ । बीबीसीबाट ।
प्रकाशित मिति: सोमबार, जेठ १४, २०८१ ०९:१२
प्रतिक्रिया दिनुहोस्