site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
अमेरिकामा टोर्नाडो : टेक्सास र ओक्लाहोमामा सात जनाको मृत्यु
Siddhartha BankSiddhartha Bank

डल्लास । मध्य अमेरिकामा टोर्नाडोका कारण कम्तीमा सात जनाको मृत्यु भएको छ । टोर्नाडोले विभिन्न भवन र इन्धन स्टेसन भत्काउँदा मानिसहरूको मृत्यु भएको जनाइएको छ । ती क्षेत्रमा दर्जनौँ मानिसहरू सेल्टर लिएर बसेका थिए ।

टेक्सास र ओक्लाहोमा क्षेत्रको आकाशमा शनिबार राति गम्भीर आँधी विकसित भएको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

डल्लासबाट उत्तरमा रहेको कुक काउन्टी सबैभन्दा बढी प्रभावित क्षेत्र भएको जनाइएको छ । कुक काउन्टीका सरिफ रे साप्पिङटनले पाँच जना मानिसको मृत्यु भएको जनाउँदै दुर्घटनामा मारिनेको संख्या बढ्न सक्ने उल्लेख गरेका छन् । 

ओक्लाहोमाको मायेज काउन्टीमा दुई जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएको स्थानीय आपत्‌कालीन व्यवस्थापन अथोरिटीले जनाएको छ ।

Global Ime bank

अमेरिकाको राष्ट्रिय मौसम सेवाले जारी गरेको सूचनामा टेक्सासका केही भाग र ओक्लाहोमामा  टोर्नाडोको चेतावनी दिएको थियो ।

बीबीसीबाट ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ १३, २०८१  २२:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement