site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सहकारी प्रकरण– कांग्रेसले थाल्यो सडक आन्दोलन 
SkywellSkywell

काठमाडौं । सहकारीको बचत अपचलनमा संलग्नको कारवाहीको माग अब संसद्मा मात्र सीमित रहेन । पीडितलाई न्याय दिनुपर्छ र ठगीमा संलग्नलाई कारबाही गर्नुपर्छ भन्दै कांग्रेसले सडक आन्दोलन थालेको छ ।

आइतबार कांग्रेसले काठमाडौंमा प्रदर्शन गर्‍यो । 

कांग्रेसले सहकारी ठगीमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको संलग्नता रहेको आरोप लगाउँदै आएको छ ।  लामिछाने सहित दोषीलाई कारबाही गर्न संसदीय छानबिन समिति बनाउनुपर्ने अडान कांग्रेसको छ । जुन कुरा निरन्तर उठाएर कांग्रेसले सदन अवरोध गर्दै आएको थियो । 

KFC Island Ad
NIC Asia

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेपछि कोभिडकालमै कांग्रेस सडकमा उत्रिएको थियो । त्यसपछि सत्तामा पुगेको कांग्रेस लामो समयपछि फेरि सडकमै पुगेको हो । आइतबार उपत्यकाका १५ निर्वाचन क्षेत्रबाट आफ्ना कार्यकर्ता कांग्रेसले सडकमा उतारेको थियो । 

उसले सहकारी पीडितलाई न्याय दिन गृहमन्त्री रवि लामिछानेमाथि छानबिन हुनैपर्ने माग राखेको छ ।

Royal Enfield Island Ad

लामिछाने गोर्खा मिडिया नेटर्वकमा प्रबन्ध निर्देशक रहेका बेला सहकारीबाट रकम गएकोबारेमा छानबिन थालिनुपर्ने कांग्रेसको ठहर छ । तर यसका लागि नेकपा एमाले, रास्वपा तयार नभएको माओवादी नेताहरुको टिप्पणी छ ।

आइतबार भएको सभालाई सम्बोधन गर्दै वाग्मती प्रदेश सभापति इन्द्र बानियाँले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाटै गणतन्त्र खतरामा रहेको जिकिर गरे ।
 
“माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाट गणतन्त्र खतरामा छ । आफू जसरी संसदीय व्यवस्थामा आउनुभयो, गतिविधि ठिक भएन । तीन तहका सरकारमा डेलिभरी खै ? सरकार संघीयताप्रति इमानदार छैन,” उनले भने ।

उनले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री रवि लामिछानेको नभएर आफ्नै पार्टीका नेताहरूको संरक्षण गरेको तर्क गरे । सहकारीको बचत अपचलन प्रकरणमा एमालेका नेताहरू जेल जाने सम्भावना रहेकाले जोगाउन ओली लागिपरेको उनको भनाइ थियो ।

“गृहमन्त्रीको बचाउ गरेको होइन कि आफ्नो मान्छेको संरक्षण गरेको हो । हाम्रा जोगिनुपर्छ भन्ने छैन,” उनले भने ।

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा सभामा आक्रोशित देखिए । सभालाई सम्बोधन गर्दै उनले छानबिन समितिबाट ठगी नगरेको प्रमाणित भए गृहमन्त्री रवि लामिछानेलाई माला लगाउन आफैँ जाने बताए ।

“विवाहको कार्डमा बेहुलाको नाम नलेखे पनि हुन्छ ? परीक्षा दिन बसेको विद्यार्थीले आफ्नो रोल नम्बर वा नाम नलेखे पनि हुन्छ ? यो आकासे समितिबाट छानबिन हुन्छ ?,” उनले भने, “हिम्मत राख्नुस् दह्रो मुटु राख्नुस्, ठगी गर्नुभएको छैन भने छानबिनबाट प्रमाणित हुन्छ । माला लगाउन हामी आफैँ आउँला ।”

महामन्त्री शर्माले गृहमन्त्रीमाथि निष्पक्ष, इमान्दार गहिरो ढंगले छानबिन गरिनुपर्ने बताए । शर्माले गृहमन्त्री पद, राजनीति , देश छाड्न कसले भन्यो भनी प्रश्न गरे । सिंहदरबार, बालुवाटारअघि आउने वातावरण प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बनाउन नहुने उनको भनाइ छ । शर्माले ०८४ सम्ममा कांग्रेस प्रतिपक्षमा बस्न तयार रहेको पनि सुनाए ।

“हामी स्वीकार्न तयार छौँ । ०८४ सम्म प्रतिपक्ष लेखिएको होला । बहुमत लिएर आउँला । मिसन ०८४ भन्ने बेला भएको छैन,” शर्माले भने ।
 
यस्तै उनले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले दोषजति गृहमन्त्री रवि लामछिानेमाथि थोपरेर सहकारीको बचत अपचलन प्रकरणमा संलग्न आफ्ना पार्टीका नेता–कार्यकर्ताको रक्षा गरिरहेको आरोप लगाए । उनले ओली गृहमन्त्रीको बहानामा संसदीय छानबिन समिति बनाउन तयार नहुनुका चार कारण प्रस्तुत गरे ।

“तपाईंकै एमालेका कैयौँ साथीहरू – जो सहकारीमा संलग्न हुनुहुन्छ, रवि लामिछाने त देखिएका पात्र हुन्,” शर्माले भने, “नदेखिएका धेरै पात्र सहकारी सञ्चालन गरेर सहभागी हुनुहुन्छ । ती सबलाई जोगाउन चाहनुहुन्छ, कमरेड केपी ओली । त्यो जोगाउन एमाले पार्टीलाई नै बदनाम गराउने कर्म गरिरहनुभएको छ ।”

उनले सरकारको अंकगणितका कारण ओली लामिछानेको बचाउमा उभिएको जिकिर गरे ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई ०८४ मा पुग्दा उभिन नसक्ने गरी खुइल्याउने ओलीको दाउ रहेको उनको भनाइ छ । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ १३, २०८१  १८:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro