site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
गृहमन्त्रीलाई विश्वप्रकाशले भने– नठगेको प्रमाणित भए हामी माला लगाउन आउँछौँ
फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले छानबिन समितिबाट ठगी नगरेको प्रमाणित भए गृहमन्त्री रवि लामिछानेलाई माला लगाउन आफैँ जाने बताएका छन् । भृकुटीमण्डपमा आइतबार आयोजित विरोध सभामा शर्माले छानबिन समितिमा गृहमन्त्रीको नाम राख्न नहुने सत्तापक्षको मागमा व्यंग्य पनि गरे ।

“विवाहको कार्डमा बेहुलाको नाम नलेख पनि हुन्छ ? परीक्षा दिन बसेको विद्यार्थीले आफ्नो रोल नम्बर वा नाम नलेखे पनि हुन्छ ? यो आकासे समितिबाट छानबिन हुन्छ ?,” उनले भने, “हिम्मत राख्नुस् दह्रो मुटु राख्नुस्, ठगी गर्नुभएको छैन भने छानबिनबाट प्रमाणित हुन्छ । माला लगाउन हामी आफैँ आउँला ।”

महामन्त्री शर्माले गृहमन्त्रीमाथि निष्पक्ष, इमान्दार गहिरो ढंगले छानबिन गरिनुपर्ने बताए । शर्माले गृहमन्त्री पद, राजनीति , देश छाड्न कसले भन्यो भनी प्रश्न गरे ।

सिंहदरबार, बालुवाटारअघि आउने वातावरण प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले बनाउन नहुने उनको भनाइ छ । शर्माले ०८४ सम्ममा कांग्रेस प्रतिपक्षमा बस्न तयार रहेको पनि सुनाए ।

“हामी स्वीकार्न तयार छौँ । ०८४ सम्म प्रतिपक्ष लेखिएको होला । बहुमत लिएर आउँला । मिसन ०८४ भन्ने बेला भएको छैन,” शर्माले भने ।

प्रकाशित मिति: आइतबार, जेठ १३, २०८१  १६:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro