site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
‘सहकारीमा जम्मा भएको पुँजी अपचलन गरेर अवस्था बदलिँदैन’
फाइल तस्बिर

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)की सचिव रामकुमारी झाँक्रीले सहकारीमा जम्मा गरेका मानिसको पुँजीलाई अपचलन गरेर अवस्था नबदलिने बताएकी छन् । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले अर्बौं रुपैयाँ सहकारीमा जम्मा गरेका मानिसको पुँजीलाई अपचलन गरेर अवस्था बदल्न नसकिने बताएकी हुन् । 

मिडियामा आएर उफ्रिएर अवस्था नबदलिने बताउँदै उनले शक्तिमा आएर शक्तिको दुरुपयोग गरेर व्यक्तिमाथि जाइलाग्नुले राम्रो सन्देश नजाने बताइन् । सचिव झाँक्रीले व्यक्ति राज्यसँग लड्न नसक्ने भन्दै कान्तिपुर मिडियाका अध्यक्ष कैलाश सिरोहियालाई सरकारले व्यक्तिगत रिसिइबीमा पक्राउ गरेको बताइन् । उनले समाचार लेखेबापत पक्राउ गर्नु भनेको अपराधी, दोषीलाई कारबाही गर्न लिएको बुझ्न नसकिने बताइन् । 

“मान्छेहरुमाथि कहिलेकाहीँ पावरमा पावर अफ एक्सरसाइज गर्ने मान्छेहरूमाथि अनाधिकृत लाञ्छना पनि लागेका हुनसक्छन् । तर छानबिन गर्न दिएर आफ्नो निर्दोषिता प्रमाणित गर्ने क्लिन चिट पाउने जिम्मेवारी स्वयं व्यक्तिको हुन्छ । त्यसकारण काउन्टर आरोप–प्रत्यारोप होइन । मैले मिडिया ट्रायल भएको देखेँ, कान्तिपुर मिडिया ग्रुपको अध्यक्षमाथिको धरपकड कुरा । अध्यक्षको धरपकडको विषय र उहाँको संलग्नताको अवस्था र अपराधको विषय आजको फाइनान्सियल क्राइससँग र यसको तुलनासँग मात्र यो कति फरक हो । र मिडियाले निरन्तर समाचार लेखेबापत गरिएको साँच्चै अपराधी, दोषीलाई कारबाही गर्न लिएको स्टेप हो कि यो बदला हो ? सहज अनुमान छैन ? मिडिया चलाउँदैमा वा कोही पावरमा हुँदैमा उसले गरेको कसुरको सजायबाट ऊ मुक्त हुन्छ भन्ने होइन । तर कसुर अनुसारको सजाय र छानबिनको लागि मान्छेलाई बदलाको हिसावले राज्यले हेर्छ भने राज्यसँग त व्यक्ति लड्न सक्दैन नि । बदलाको हिसाबले चालिएको स्टेप तर्साउने तरिका हो । त्यसको पक्षमा हामी छैनौँ । व्यवस्था ठिक छ, अवस्था बदल्ने भन्नेछ । अवस्था बदल्न पुँजी चाहिन्छ । ठगेर खाएर पुँजी हुँदैन । अर्बौं सहकारीमा जम्मा गरेका मानिसको पुँजीलाई अपचलन गरेर अवस्था बदलिँदैन, झनै खराब हुन्छ । मिडियामा आएर उफ्रिएर अवस्था बदलिँदैन,” उनले भनिन् । 
 

प्रकाशित मिति: आइतबार, जेठ १३, २०८१  १५:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro