site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
लक्ष्मी सन्‌राइज बैंकले गर्‍यो काठमाडौको कपनमा सेवा विस्तार

काठमाडौ । लक्ष्मी सन्‌राइज बैंकले काठमाडौको कपनमा आफ्नो शाखा स्थानान्तरण गरी सेवा विस्तार गरेको छ । बूढानिलकण्ठ नगरपालिका- १०, कपनमा रहेका दुई शाखामध्ये रुद्रमती चोकको शाखा सोही नगरपालिकाको वडा नं. १२ स्थित फैकामा स्थानान्तरण गरिएको छ । स्थानान्तरण गरिएको साविकको रुद्रमती चोकको शाखाका ग्राहकहरूले कपनकै पञ्चकन्या चोकमा रहेको अर्को शाखामार्फत् सेवा लिन सक्नेछन् ।

स्थानान्तरण भएसँगै लक्ष्मी सन्‌राइज बैंकले आफ्नो सेवा विस्तार गर्दै ग्राहकहरूमाझ बैंकिङ सेवाको पहुँच अझ सहज बनाउने विश्वास राखेको छ । स्थानान्तरण भएको शाखाले ग्राहक तथा व्यवसायहरूलाई सबै प्रकारका रिटेल बैँकिङ सेवाहरु प्रदान गर्नेछ ।

Dabur Nepal
NIC Asia

साथै, आफ्ना ग्राहकहरूलाई थप व्यवस्थित र सहज सेवा प्रदान गर्न बैंकले बर्दिबासमा रहेका आफ्ना दुई शाखा गाभी साविक सन्‌राइज बैंकको शाखा रहेको स्थान औरही चोक (हालको स्थानभन्दा २०० मिटर पश्चिमतर्फ), बर्दिबास नगरपालिका–१, महोत्तरीबाट संयुक्त कारोबार सुरू गरेको छ ।  

हाल लक्ष्मी सन्‌राइज बैंकको सञ्जालमा ५९ जिल्लामा २५५ शाखा, ३१९ एटीएम, २८ एक्स्टेन्सन काउन्टर र १२९ शाखारहित बैँकिङ एजेन्ट रहेका छन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ १३, २०८१  १३:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro