-1716707507.jpg)
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको नाराबाजी भइरहँदा प्रतिनिधिसभा बैठकलाई सभामुख देवराज घिमिरिले अघि बढाइरहेका छन् । सहकारीको रकम अपचलनमा गृहमन्त्री रवि लामिछानेको संलग्नता रहेको र छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै कांग्रेससहित प्रतिपक्षी दलले सदन अवरुद्ध गर्दै आएका छन् ।
आइतबारको बैठकमा पनि कांग्रेससहित प्रतिपक्षी सांसदको नाराबाजी चलिरहँदा सभामुख घिमिरेले बैठकलाई कार्यसूचीमा प्रवेश गराएर अघि बढाइरहेका छन् । बैठकलाई अघि बढाउने क्रममा नाराबाजी गरिरहेका कांग्रेससहितका प्रतिपक्षी सांसदलाई मर्यादापालकले घेरा हालेर राखेका छन् ।
नाराबाजीका बीच अर्थमन्त्री वर्षमान पुनले आर्थिक सर्वेक्षण २०८०/८१ र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आर्थिक वर्ष ०८१/०८२ को नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव पेस गरेका छन् । उक्त प्रस्तावमाथि छलफल भइरहेको छ ।