site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
अन्तर्राष्ट्रिय अदालतको आदेश टेरेन इजरायलले
फाइल तस्बिर ।

रफाह । संयुक्त राष्ट्रसंघीय अन्तर्राष्ट्रिय अदालत (आईसीजे)ले दक्षिणी सहरमा सैन्य कारबाही रोक्न आदेश दिएको एक दिनपछि शनिबार इजरायलले रफाहसहित गाजापट्टीमा बम प्रहार गरेको छ । आईसीजेको आदेशको केही घण्टापछि इजरायलले शनिबार बिहान गाजापट्टीमा आक्रमण गरेको हो ।

आईसीजेले इजरायललाई रफाहमा सम्पूर्ण वा आंशिक रूपमा भौतिक विनाश ल्याउन सक्ने आफ्नो सैन्य आक्रमण तुरुन्तै रोक्न आदेश दिएको थियो । गाजामा हमासले बन्धक बनाएकाको ‘तत्काल र बिनासर्त रिहाइ’का निम्ति पनि आह्वान गरेको थियो ।

Dabur Nepal
NIC Asia

सन् २००७ देखि गाजामा शासन गर्दै आएको प्यालेस्टाइनी लडाकु समूह हमासले रफाहमा आक्रमण रोक्ने आईसीजेको फैसलाको स्वागत गरेको छ । तर, युद्धग्रस्त गाजाका बाँकी भागलाई बेवास्ता गरिएको भन्दै निर्णयको आलोचना गरेको छ ।

पेरिसमा गाजा द्वन्द्वको विषयमा एकातिर सीआईए प्रमुख र इजरायली प्रतिनिधि र अर्कोतिर फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोन र चार प्रमुख अरब राज्यका विदेशमन्त्रीबीच आयोजित बैठकअघि अदालतको यो आदेश आएको हो ।

“हामीलाई आशा छ कि अदालतको निर्णयले इजरायललाई यो विनाशको युद्ध अन्त्य गर्न दबाब दिनेछ, किनकि यहाँ केही बाँकी छैन,” गाजा युद्धका कारण देइर अल–बलाहमा विस्थापित प्यालेस्टाइनी महिला ओम मोहम्मद अल–अस्काले भनिन् ।

“इजरायल आफूलाई कानुनभन्दा माथि ठान्छ । तसर्थ, गोलीबारी वा बल प्रयोगबाहेक अरूले इजरायलाई रोक्न सक्छ भन्ने मलाई विश्वास छैन,” मध्य गाजापट्टी सहरमा एएफपीले भेटेका मोहम्मद सालेहले भने । रासस/एएफपी

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ १२, २०८१  १४:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro