site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
जुवाको खालबाट २२ जना पक्राउ
फाइल तस्बिर
SkywellSkywell

काठमाडौंं । नेपाल प्रहरीको टोलीले काठमाडौँको मित्रनगर र गोकर्णेश्वरमा जुवा खेलिरहेको अवस्थामा २२ जनालाई पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको छ । 

काठमाडौँ महानगरपालिका-२६ मित्रनगरस्थित धादिङ गंगा जमुना गाउँपालिका–६, घर भएकी ३२ वर्षीया सरस्वती गुरुङको गुरुङसेनी गेष्ट हाउसमा जुवातास खेलिरहेको अवस्थामा होटल सञ्चालिका गुरुङ समेत सातजनालाई प्रक्राउ गरिएको प्रहरीले जनाएको छ ।

Dabur Nepal
NIC Asia

साथै गोकर्णेश्वर नगरपालिका-४, माकलबारी बस्ने देवराज गिरीको घरमा जुवातास खेलिरहेको अवस्थामा मोरङ केराबारी घर भई काठमाडौँ कपन बस्ने ३८ वर्षीया विष्णु लिम्बू समेत १५ जनालाई पक्राउ गरी शुक्रबार सार्वजनिक गरिएको केन्द्रीय प्रहरी प्रवक्ता दानबहादुर कार्कीले जानकारी दिए ।

उनले भने, “मित्रनगरमा प्रहरी प्रभाग गोंगबु तथा गोकर्णेश्वरमा प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले निजहरूलाई पक्राउ गरेको हो ।” पक्राउ परेकाहरुको साथबाट प्रहरीले दुई लाख ७० हजार ५५० रुपैयाँ तथा केही थान तास समेत बरामद गरिएको प्रहरीको भनाइ छ । सो सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रवक्ता कार्कीले बताए । रासस  

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ ११, २०८१  १६:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu