site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका इन्जिनियर पोखरेल मृत भेटिए
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । वन तथा वातावरण मन्त्रालयका सिनियर डिभिजनल इन्जिनियर ५७ वर्षीय नवीनकुमार पोखरेल मृत अवस्थामा फेला परेका छन् । उनी झुन्डिएको अवस्थामा आफ्नै घर भक्तपुरको लोकन्थलीमा शुक्रबार मृत फेला परेका भक्तपुरका प्रहरी प्रमुख एसपी वेद विष्टले जानकारी दिए ।

वन मन्त्रालयमै कार्यरत रहँदा सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा उनको संलग्नता देखाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दर्ता गराएपछि उनी निलम्बनमा परेका थिए । अदालतले जेठ ८ गते उनलाई दोषी ठहर गरेको थियो ।

अदालतले उनलाई ६ महिना कैद तथा पाँच करोड ८४ लाख ५५ हजार १५९ रूपैयाँ जरिबाना र सो बराबरको बिगो रकम असुलको फैसला सुनाएको थियो । भ्रष्टाचार मुद्दामा दोषी ठहर भएको तीन दिनपछि उनी मृत फेला परेका हुन् ।

भक्तपुर प्रहरीको प्रारम्भिक अनुसन्धानबाट उनले आत्महत्या गरेको देखिएको छ । पोखरेलको साथबाट सुसाइड नोट समेत फेला परेको छ । नोटमा आफ्नै कारणले आत्महत्या रोजेको लेखेका छन् । 

प्रकाशित मिति: शुक्रबार, जेठ ११, २०८१  १६:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro