site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
उत्तर भारतमा ५० डिग्रीको हाराहारीमा तापक्रम, गर्मीका बिरामी बढे

नयाँ दिल्ली । भारतको उत्तरी भूभागमा गर्मी र ‘हिट वेभ’ झन् बढेको छ ।  बिहीबार राजस्थानको बार्मर सहरमा तापक्रम ४८.८ डिग्री सेल्सियससम्म पुगेको थियो । भारतको मौसम विभागले हिट वेभ आउँदो बुधबारसम्म जारी रहने जनाएको छ ।

केही क्षेत्रमा पानी र विद्युत्को अभाव भएको जनाइएको छ । दिल्लीमा बुधबार विद्युत्को माग आठ हजार मेगावाटसम्म पुगेको थियो । त्यो इतिहासकै सबैभन्दा बढी माग भएको जनाइएको छ ।

मौसम विज्ञका अनुसार, उच्च आद्र्धताका कारण तापक्रम ५० डिग्री सेल्सियसकै हाराहारीमा रहेको अनुमान गरिएको छ । अस्पतालमा गर्मीबाट हुने बिरामीको संख्या बढेको जनाइएको छ । बीबीसीबाट ।

प्रकाशित मिति: शुक्रबार, जेठ ११, २०८१  १५:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro