site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
बीवाईडीको एक्सचेन्ज योजना : जुनसुकै गाडी लगेर नयाँ ईभीसँग साट्न सकिने
फाइल तस्बिर

काठमाडौं । बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले ‘अपग्रेड टु बीवाईडी’ योजना घोषणा गरेको छ । योजनाअन्तर्गत सवारीधनीले आफ्नो गाडी एक्सचेन्ज र अपग्रेड गरी बीवाईडीको विद्युतीय गाडी (ईभी) प्रयोग गर्न सक्नेछन् ।

योजना बिहीबारदेखि सुरू भई आइतबारसम्म (मे २३ देखि मे २६ सम्म) काठमाडौं उपत्यकाका विभिन्न स्थानमा चल्ने कम्पनीले जनाएको छ । आफ्नो गाडीसँग नयाँ बीवाईडी गाडी साट्ने ग्राहकले एक्सचेन्ज बोनसस्वरुप दुई लाख रुपैयाँसम्म प्राप्त गर्ने साइमेक्स इंकले जनाएको छ ।

Dabur Nepal

कम्पनीले ग्राहकहरूलाई प्रतिस्पर्धी ब्याजदरमा बैंकमार्फत ८० प्रतिशत सम्मको फाइनान्स सुविधा समेत उपलब्ध गराउने भएको छ ।

काठमाडौं उपत्यकामा बीवाईडी पार्क नक्साल, बीवाईडी भक्तपुर सोरुम सल्लाघारी, बीवाईडी ललितपुर शोरुम पुल्चोक, बीवाईडी सिटी स्टोर सोल्टीमोड र बाबा बसेरा लाजिम्पाटमा बिहान १० बजेदेखि बेलुकी ६ बजेसम्म एक्सचेन्ज योजना भइरहेको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार ग्राहकहरूले ०१–५९७०७३३, ९८०२३९०३५१ र ९८०२६३९६५१ नम्बरमा कल गरेर थप जानकारी लिनसक्नेछन् ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ ११, २०८१  १०:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro