site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
भोलिको संसद् बैठकबाट नीति तथा कार्यक्रम पारित गरिने !
फाइल तस्बिर ।
Siddhartha BankSiddhartha Bank

काठमाडौं । प्रतिनिधिसभाको बैठक शुक्रबार बिहान ११ बजेका लागि बोलाइएको छ । संसद् सचिवायलयले शुक्रबारको बैठकबाट नीति तथा कार्यक्रम पारित गर्ने सम्भावित कार्यसूची तय गरेको छ ।

संसद् सचिवालयले शुक्रबारको बैठकमा नीति तथा कार्यक्रममाथि छलफल गर्ने र पारित गर्ने गरी सम्भावित कार्यसूची तय गरेको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

यसअघि जेठ १ गते राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् ।

सम्भावित कार्यसूचीअनुसार भोलिको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

Global Ime bank

त्यसपछि सांसदहरूबाट प्राप्त संशोधनहरू प्रस्तुत गरिनेछ । नीति तथा कार्यक्रममा सांसदहरूले उठाएका प्रश्नको प्रधानमन्त्रीले जवाफ दिनेछन् ।

सहकारीको रकम अपचलनबारे गृहमन्त्रीको नाम नै तोकेर संसदीय छानबिन समितिको माग गर्दै आएको कांग्रेसले आफ्ना माग पूरा नभएसम्म संसद् चल्न नदिने बताउँदै आएको छ । तर, पछिल्लो समय कांग्रेसको नाराबाजीका बीच सभामुखले संसद् बैठक अगाडि बढाइरहेका छन् ।

Parlia-1716478082.jpg
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ १०, २०८१  २१:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement