site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
रास्वपाका खनाल भन्छन्– ‘टीओआर’मा व्यक्तिको नाम राख्दा ‘प्रि–जुडिस’ हुन्छ 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तर्फबाट संसदीय समितिको टीओआर निर्माण समितिका सदस्य रहेका रास्वपाका सांसद शिशिर खनालले नेपाली कांग्रेसलाई गृहमन्त्रीको नाम नराखी ‘टीओआर’ बनाउन अनुरोध गरेको बताए । 

उनले व्यक्ति तोकेर गृहमन्त्रीको नाम राख्दा उनी दोषी छन् तर, कति हदसम्म भनेर मात्र छानबिन गरेको जस्तो ‘प्रि–जुडिस’ हुन्छ भनेर नाम नराख्न गरेको आग्रहमा कांग्रेस सकारात्मक देखिएको बताए । “हामीले सुरुदेखि नै राखेको कुरा व्यक्तिको नाम नतोकौँ भनेर भनिरहेका छौँ, नेपाली कांग्रेसले आफ्नो अडान छोडेको छैन,” खनालले भने, “प्रतिपक्षले सदनमा प्रश्न उठाइसकेपछि समिति बनाउने र छानबिन गर्ने कुरा त हुने नै भयो । तर, नाम तोकेर नजाऔँ भनेर अनुरोध गर्दा उहाँहरू सकारात्मक हुनुहुन्छ भन्ने अपेक्षा गरेका छौँ ।” 

उनले कांग्रेसले आफ्नो नेतृत्वसँग छलफल गर्दा सकारात्मक भएमा सहमति हुने भए पनि कांग्रेसमै निर्भर रहेको बताए ।
 

प्रकाशित मिति: बिहीबार, जेठ १०, २०८१  १८:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro