site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
काठमाडौंमा वर्षा सुरु, शनिबारसम्म बदली र वर्षा हुने
फाइल तस्बिर ।

काठमाडौं । काठमाडौंमा पानी पर्न सुरु भएको छ । काठमाडौं उपत्यकाको दक्षिणी भू–भागबाट वर्षा सुरु भएको हो । 

“ललितपुरका केही स्थानमा छिटपुट वर्षा भइरहेको छ,” मौसमविद् रोजन लामिछानेले बाह्रखरीसँग भने, “काठमाडौं उपत्यकाका अन्य स्थानमा पनि आज वर्षा हुनेछ ।” 

Prabhu Bank
Agni Group
NIC Asia

काठमाडौंमा छिटपुटदेखि हल्का वर्षा हुने उनको भनाइ छ । भारी वर्षाको सम्भावना नरहेको तर दिनभर बदली हुने उनको भनाइ छ । “दिउँसो पनि वर्षा हुनेछ । तर दिनभर भने वर्षा हुने छैन,” उनले भने, “दिनभर वर्षा नभए पनि बदली भने हुनेछ ।” 

काठमाडौंमा आज बिहान न्यूनतम तापक्रम १९.४ डिग्री सेल्सियसम मापन भएको थियो । दिउँसो २८ देखि ३० डिग्री सेल्सियसम्म पुग्ने मौसमविद् लामिछानेले जानकारी दिए । “दिउँसो वर्षा हुँदा तापक्रम केही घट्ने सम्भावना रहेको छ,” उनले भने । 

Global Ime bank

मौसमविद् लामिछानेका अनुसार शुक्रबार र शनिबार पनि काठमाडौंमा वर्षाको सम्भावना छ । “शुक्रबार र शनिबार पनि काठमाडौंमा वर्षाको सम्भावना छ,” उनले भने, “तर आज जति धेरै वर्षा र बदली भने हुनेछैन ।”
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ १०, २०८१  ०९:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय