site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
देश
Global Ime bankGlobal Ime bank
भूकम्पको नौ वर्षपछि असनको ‘इटाचापा’ को पुनर्निर्माण
SkywellSkywell

काठमाडौं ।  ०७२ वैशाख १२ गतेको भूकम्पले भत्काएको काठमाडौं महानगरपालिका–२७, असनस्थित ऐतिहासिक महत्वको सम्पदा ‘इटाचापा’ को पुनर्निर्माण सुरु भएको छ ।

विसं १९९० को भूकम्प थेगेको यो सम्पदा २०७२ मा भत्केपछि यसको पुनर्निर्माणमा गुठी संस्थान र काठमाडौं महानगरपालिकाबीच केही समय हानथाप भएको थियो । सम्पदा महानगरअन्तर्गतको भएकाले वडाको पहलमा पुनर्निर्माण थालिएको वडा नं. २७ का अध्यक्ष योगेशकुमार खड्गीले जानकारी दिए । 

Dabur Nepal
NIC Asia

ऐतिहासिक महत्वको यो सम्पदा दुई करोड ४९ लाख ३७ हजार रुपैयाँमा पुनर्निर्माण थालिएको हो । तीन वर्षभित्र पुनर्निर्माण सम्पन्न गर्ने लक्ष्य छ । 

यो भवनमा प्रत्येक वर्ष विजया दशमीको भोलिपल्ट कुमारीलाई खाना खुवाउने परम्परा छ । यसलाई नेपाल भाषामा ‘मरजा’ भनिन्छ । सोही दिन यहाँ अन्नपूर्णाको जात्रा पनि चलाइन्छ । 

०४० सम्म ल्हासाबाट सामान ल्याउने व्यापारी १० दिनसम्म यहाँ बस्ने गरेका उनले बताए । ल्हासा–काठाडौं यात्राका क्रममा कुनै रोगको संक्रमण भए त्यो १० दिनमा प्रभावहीन हुने ठानेर उनीहरू एकान्तबास बसेका आफूले पनि देखेको वडा अध्यक्ष खड्गीले बताए । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार ८, २०८१  १३:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro