site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सन्दीपले भिसा नपाएको विषयमा के भन्छ अमेरिकी दूतावास ?

काठमाडौं । नेपालस्थित अमेरिकी दूतावासले क्रिकेटर सन्दीप लामिछानेले भिसा नपाएको विषयमा टिप्पणी गर्न नमिल्ने बताएको छ । 

काठमाडौंस्थित अमेरिकी दूतावासले बुधबार टी–२० विश्वकपका लागि सन्दीपले दिएको भिसा आवेदन अस्वीकृत गरिदिएको थियो । भिसा नपाएपछि सन्दीपले सामाजिक सञ्जालमा आफूलाई फेरि एकपटक अमेरिकाले भिसा नदिएको बताएका थिए ।

यस विषयमा अमेरिकी दूतावासले अमेरिकी  कानुनअनुसार भिसासम्बन्धी अभिलेख गोप्य हुने भएकाले सन्दीपको विषयमा टिप्पणी गर्न नसकिने बताएको हो ।

"अमेरिकी कानुनअनुसार भिसासम्बन्धी अभिलेखहरू गोप्य हुने भएकाले हामी भिसाको कुनै केस विशेषमा टिप्पणी गर्न सक्दैनौँ," दूतावासले भनेको छ ।

दूतावासले नेपाली टोलीलाई शुभकामना पनि दिएको छ । दूतावासले टी–२० विश्वकपमा नेपाली टोलीको सहभागितालाई लिएर आफूहरू अत्यन्तै उत्साहित रहेको बताएको छ ।

यसअघि ०७६ साउनमा पनि काठमाडौंस्थित अमेरिकी दूतावासले सन्दीपलाई भिसा दिन अस्वीकार गरेको थियो । त्यतिबेला उनले क्यारेबियन प्रिमियर लिग (सीपीएल) का लागि भिसाको आवेदन दिएका थिए ।

त्यसबेला पनि सन्दीपले सामाजिक सञ्जालबाट आफूले भिसा नपाएकोबारे जानकारी गराएका थिए । सन्दीपको पोस्टपछि चर्को आलोचना भएपछि अमेरिकी दूतावासले पछि भिसा दिएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ ९, २०८१  २१:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro