site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
सबै पालिकाले स्थानीय स्तरमा रोजगारी सिर्जना गर्न आवश्यक : श्रममन्त्री अर्याल
फाइल तस्बिर ।

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले सबै पालिकाले आवश्यकता अनुसारका मेला आयोजना गर्नुपर्ने बताएका छन् । काठमाडौं महानगरपालिकाले आयोजना गरेको सीप मेलाको बुधबार अवलोकन गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । 

उनले स्थानीय स्तरमा रोजगारी सिर्जना गरी रोजगारीको वातारण बनाउँदै विदेश जाने लहरलाई रोक्ने प्रयास गर्न आवश्यक रहेको बताए ।

Dabur Nepal
NIC Asia

काठमाडौं महानगरपालिकाले गरेको प्रयास प्रशंसायोग्य रहेको उनले बताए । मेयर बोलेन्द्र साहको चर्चा सीप मेलाले गर्दा मात्रै नभएको भन्दै निर्वाचन जितेर आएसँगै चर्चा भइरहेको बताए । उनले मन्त्रालयले सातै प्रदेशमा गर्न लागेको श्रमाधान मेला महानगरले गरेको सीप मेलाभन्दा फरक मेला भएको बताए । 

अर्यालले संघीयतामा सरकारले गर्ने हरेक काम प्रदेशसहित स्थानीय तहहरूमा पुग्न आवश्यक रहेको बताए । महानगरले सीप सिकाएका श्रमिकहरूलाई श्रमाधान मेलामा रोजगारीको अवसर दिने वातावरण बन्नसक्ने पनि उनको भनाइ थियो । 

महानगरले यस वर्ष दुई हजार ८१ जनालाई रोजगारी दिने उद्देश्यले सीप मेला गरिरहेको छ । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ ९, २०८१  १८:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro