site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
प्रभु बैंकका कर्मचारी र ग्राहकलाई पोखराको होटल सरोवर र किंस लाउन्जमा विशेष छुट

काठमाडौं । पर्यटकीय राजधानी पोखराको लेकसाइडमा रहेको होटल सरोवर र किंस लाउन्जसँग प्रभु बैंकले आफ्ना कर्मचारी तथा ग्राहकका लागि विशेष छुट प्रदान गर्ने सम्झौता गरेको छ ।

प्रभु बैंकले मंगलबार छुट्टाछुट्टै समारोहका बीच सम्झौता गरेको हो । होटल सरोवरको तर्फबाट मुख्य प्रबन्धक प्रतीक पहारी, किंस लाउन्ज पोखराको तर्फबाट सञ्चालक प्रबन्धक अजय नकर्मी र प्रभु बैंक लिमिटेडका तर्फबाट गण्डकी प्रदेशका प्रमुख प्रदेश अधिकृत राजु राना मगरले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

Dabur Nepal
NIC Asia

सम्झौताअनुसार, प्रभु बैंकका ग्राहक, कार्ड प्रयोगकर्ता, कर्मचारी र कर्मचारीका परिवारले होटल सरोवरमा आवास, खाना, मनोरञ्जन सभाहल र पौडीलगायतका सेवामा विशेष छुट पाउनसक्ने बैंकले जनाएको छ ।

यस्तै किंस लाउन्ज पोखरामा खाना, खाजा, तथा मनोरञ्जन सुविधामा पनि विशेष छुट पाउनसक्ने बैंकले जनाएको छ । कर्मचारी तथा ग्राहकले आफ्नो बैंकसँगको आवद्घताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिने प्रभु बैंकले जनाएको छ ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ ९, २०८१  १३:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro