site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
वार्षिक साढे ६ हजार बिरामीको अस्पताल नपुर्‍याउँदै मृत्यु : प्रतिवेदन 
सांकेतिक तस्बिर ।
Siddhartha BankSiddhartha Bank

काठमाडौं । नेपालमा वार्षिक साढे ६ हजार व्यक्तिको अस्पताल लैजाने क्रममा मृत्यु हुने गरेको पाइएको छ । स्वास्थ्य सेवा विभागले  प्रकाशित गरेको आर्थिक वर्ष २०७९/०८० को वार्षिक स्वास्थ्य प्रतिवेदनमा आर्थिक वर्ष २०७९/०८० मा ६ हजार ५६८ जनाको अस्पताल लैजाँदै गर्दा मृत्यु भएको उल्लेख छ । 

यो संख्या अघिल्लो आर्थिक वर्षको तुलनामा एक हजार ४०६ बढी हो । यसरी अस्पतालको इमर्जेन्सी कक्षमा नपुर्‍याउँदै हुने ‘ब्रउट डेड’ को संख्या वर्षैपिच्छे बढ्दै गएको रिपोर्टमा उल्लेख छ । 

Prabhu Bank
Agni Group
NIC Asia

मृत्यु हुनेमा ६०.७ प्रतिशत पुरुष छन् । अधिकांश मृत्युको कारण सवारी दुर्घटना भएको पनि रिपोर्टमा उल्लेख छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को पछिल्लो अध्ययनअनुसार नेपालमा वार्षिक एक लाख ९३ हजार जनंख्याको विभिन्न रोगका कारण मृत्यु हुने गरेको छ । 

मृत्युको ७१ प्रतिशत कारण नसर्ने रोगहरू छन् भने २१ प्रतिशत सरुवा रोग, मातृ मृत्युदर, नवजात शिशु तथा पोषणसम्बन्धी रोगका कारण हुने मृत्यु छन् । यस्तै ७.८ प्रतिशत मृत्यु विभिन्न दुर्घटनाका कारण हुने गरेको परिषद्को रिपोर्टमा उल्लेख छ । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ ९, २०८१  १३:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय