विदेश
अयोवा । अमेरिकाको पश्चिमी अयोवामा मंगलबार दिउँसो टोर्नाडो आँधी आएको छ । आँधीले मुख्य रूपमा एउटा सानो सहरमा ठूलो क्षति भएको छ ।
आँधीले अयोवाको ग्रिनफिल्डमा धेरै प्रभाव पारेको छ । देश मोइनिजबाट ५० माइल दक्षिण पश्चिममा बेलुकाको ५ बजे अघि आएको सो आँधीले थुप्रै घर र संरचनामा क्षति भएको अयोवा राज्यका सरकारी अधिकारीले जनाएका छन् ।
त्यसैगरी अर्को क्षति आदम काउन्टीमा पनि भएको जनाइएको छ । अयोवाका गभर्नर किम रिनोल्डले आँधी प्रभावित विभिन्न १५ काउन्टीमा आपत्काल घोषणाको स्वीकृति दिएका छन् । अयोवाका ३० हजार मानिस विद्युत्विहीन भएका छन् । सीएनएन
प्रकाशित मिति: बुधबार, जेठ ९, २०८१ १२:४९
प्रतिक्रिया दिनुहोस्