site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
नेप्से बढ्यो, घट्यो कारोबार रकम

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक मंगलबार २११५.९४ विन्दुमा बन्द भएको छ । नेप्से परिसूचक २३.९४ अंकले बढेर बन्द भएको हो ।

यसदिन कारोबार रकम भने घट्यो । पाँच अर्ब २० करोड ६२ लाख रुपैयाँको सेयर कारोबार भयो । सोमबार पाँच अर्ब ८५ करोड ४३ लाख रुपैयाँको सेयर कारोबार भएको थियो ।

Dabur Nepal
NIC Asia

आज कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये विकास बैंक र व्यापार समूहको परिसूचक घटेको छ । फाइनान्स, हाइड्रोपावर, वाणिज्य बैंक तथा माइक्रोफाइनान्स समूहका कम्पनीमा लगानीकर्ता झुम्मिएका छन् । यी समूहको परिसूचक एक प्रतिशतभन्दा बढीले वृद्धि भएको थियो ।

फाइनान्स समूहको परिसूचक ३.५५ प्रतिशतले बढेको छ । विकास बैंक समूहको ०.२९ र व्यापार समूहको परिसूचक ०.५३ प्रतिशतले वृद्धि भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।

१९४ कम्पनीको सेयर मूल्य बढेको छ । ४३ कम्पनीको सेयर मूल्य घटेको छ । नौ कम्पनीको सेयर मूल्य स्थिर छ । जानकी फाइनान्स, नेरुडे मिर्मिरे लघुवित्त र समुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ ८, २०८१  १५:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro