site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जलवायु अनुकूलन कार्यक्रमका निम्ति फिनल्यान्डबाट एक अर्ब ८७ करोड अनुदान 
Tiktok banner adTiktok banner ad

काठमाडौं । फिनल्यान्डले नेपालको स्थानीय जलवायु अनुकूलन कार्यक्रमका निम्ति अनुदान सहायता उपलब्ध गराउने भएको छ । अर्थ मन्त्रालयमा मंगलबार आयोजित कार्यक्रममा उक्त आर्थिक सहायतासम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो ।

सम्झौतापत्रमा नेपालका तर्फबाट अर्थ मन्त्रालयका सहसचिव एवं अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका प्रमुख श्रीकृष्ण नेपाल र नेपालका लागि फिनिस राजदूत रिना–रिक्का हेक्काले हस्ताक्षर गरे । यही जेठ ३ गते बसेको मन्त्रिपरिषद्को बैठकबाट उक्त सहयोग रकम स्वीकार गर्ने निर्णय गरिएको थियो ।

सम्झौताअनुसार फिनल्यान्डले नेपाललाई १३ मिलियन युरो अर्थात् एक अर्ब सात करोड (१.८७ अर्ब) रुपैयाँ अनुदान दिनेछ । युरोपेली संघ (ईयू)को १८ मिलियन र फिनल्यान्डको १३ मिलियन अनुदान तथा नेपाल सरकारको २० मिलियन गरी ५१ अर्ब युरो रकमबाट कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानीय तहमार्फत जलवायु अनुकूलन कार्यक्रम सञ्चालन गरिनेछ ।

युरोपेली संघ र अर्थ मन्त्रालयबीच त्यससम्बन्धी सम्झौतापत्रमा यसअघि नै हस्ताक्षर भइसकेको छ ।

नेपाल र फिनल्यान्ड तथा युरोपेली संघबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पुगेको अवसरमा उक्त सम्झौता गरिएको मन्त्रालयले जानकारी गराएको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ ८, २०८१  १५:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro