site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सत्ता नभएर कांग्रेस बगरको माछाजस्तो फट्याक–फट्याक भयो : केपी ओली 

विराटनगर । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसले आफूले जे भन्यो त्यही हुनुपर्छ भन्ने बाटोमा लागेको आरोप लगाएका छन् । विराटनगर विमानस्थलमा मंगलबार पत्रकारसँग कुराकानी गर्दै ओलीले कांग्रेस सम्हालिनुपर्ने सुझाव दिए । उनले भने, “आफू सम्हालिँदै लोकतान्त्रिक अभ्यास, मूल्य, मान्यतामा आउनुपर्छ ।” 

कांग्रेसलाई पेलेर जाने नभनेको, तर जेठ ५ गते बेलुकाको सहमति भोलिपल्टै उल्ट्याइएको उनले आरोप लगाए । “अघिल्ला दिन सहमति हुन्छ, भोलिपल्ट तोडिन्छ । यो कसले तोडेको ? सत्तापक्षले अर्घेल्याईं गरेको हो र ? त्यस्तो ईस्यु भए अदालत गए भयो ।” 

कांग्रेस नमिले पनि सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याउन सक्ने भन्दै उनले प्रश्न गरे, “हामीले १२ पटक घेराउ गर्दागर्दै नारा लाउँदालाउँदै पास भएको देख्नु भएको छैन ?” 

एकछिन सरकारमा नहुँदा बहुदलीय प्रतिस्पर्धात्मक प्रणालीमा एकछिन सत्तामा नहुँदा छटपटिनु र पानीबाट निकालेको बगरको माछाजस्तो फट्याक–फट्याक गर्नुजस्तै भएको भन्दै उनले “माछाले त गाली, बेइज्जती गर्न जान्दैन । कांग्रेसले त यता भेटे यतै टोक्छ, उता भेट्यो उतै टोक्छ । जता फर्कियो जसलाई देख्यो, त्यसैलाई टोक्छ । अचम्मको स्थिति बनाएको छ,” अध्यक्ष ओलीले टिप्पणी गरे ।

उनले संविधान बनाउन्जेल कांग्रेसले सहमति गरेर कांग्रेसका सुशील कोइराला प्रधानमन्त्री बनेको दृष्टान्त बताउँदै त्यसपछि कांग्रेसले एमालेलाई दिने भनेको प्रधानमन्त्री नदिएको सुनाए । “राजनीतिमा कांग्रेसले बेइमानी सुरू गर्‍यो । चलिरहेको सहकार्य, संविधान जारी गरेपछि त्यसलाई स्थिरता र स्थायित्वमा लानका लागि संरचना थिएन, कानुन थिएन । तर, उसैले बाटो छाड्यो,” उनले भने ।

काग्रेसले अरुको इज्जतमाथि बाहिर–बाहिर घुमाइ–घुमाइ हमला गर्ने गरेको भन्दै उनले अहिले प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यक्रमलाई पनि रोक्ने कार्य गरेको बताए ।

प्रकाशित मिति: मंगलबार, जेठ ८, २०८१  १३:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro