site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
छविलाल जोशीको रिट न्यायाधीश विनोद शर्माको इजलासमा
फाइल तस्बिर ।

काठमाडौं । सुप्रिम सहकारी ठगी तथा संगठित अपराधमा थुनामा रहेका पूर्वडीआईजी छविलाल जोशीले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदन न्यायाधीश विनोद शर्माको इजलासमा परेको छ ।

रूपन्देही जिल्ला अदालतका न्यायाधीश वशिष्ठकुमार घिमिरेको इजलासले जोशीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो । जिल्लाको आदेश उच्च अदालत तुलसीपुरको बुटवल इजलासबाट पनि सदर भएपछि जोशी सर्वोच्च पुगेका थिए । गत चैत ३१ मा उनले दर्ता गरेको पुनरावेदन निवेदन आज पेसीमा चढेको हो ।

Argakhachi Cement Island Ad

यसअघि, रूपन्देही जिल्ला अदालतबाट सोही मुद्दामा एक करोड रुपैयाँ धरौटीमा रिहा भएका गोरखा मिडियाकै तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने उच्च अदालत तुलसीपुरको बुटवल इजलासबाटै पुर्पक्षका लागि थुनामा गएका छन् ।

लामिछानेले थुनाबाटै सर्वोच्चमा पुनरावेदन गरेका थिए । उनको रिटमा सर्वोच्चका न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले थुनामा पठाउने आदेशको कैफियत प्रतिवेदन झिकाउने आदेश गरेको छ ।

प्रकाशित मिति: मंगलबार, वैशाख २, २०८२  ११:४८
प्रतिक्रिया दिनुहोस्