site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पूर्वराजालाई कारबाही नगरेको भन्दै सांसद थापाको असन्तुष्टि
ज्ञानेन्द्र शाह ।

काठमाडौं । नेकपा (एमाले)का सांसद सूर्य थापाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई कारबाही नगरिएको भन्दै सरकारमाथि प्रश्न उठाएका छन् । पूर्वराजाले आफूलाई ‘श्री ५ महाराजाधिराज’ भनेर सम्बोधन गर्नु, उनका संवादसचिवले जारी गर्ने विज्ञप्तिमा पनि ‘श्री ५’ लेख्नु कानुनविपरीत भएको भन्दै उनले त्यसमा कारबाही नगरिएकामा सरकारमाथि प्रश्न गरेका हुन् ।

कानुनतः नभएको पद भएको भनेर जिकिर गर्ने कार्य गैरकानुनी भएको भन्दै उनले त्यस्तो क्रियाकलाप नरोक्नु सरकारको गैरजिम्मेवारी भएको तर्क गरेका छन् । “पूर्वराजाले आफूखुसी ‘श्री ५ महाराजाधिराज’को नाममा सन्देश जारी गर्नु संविधानविपरीत र गैरकानुनी कार्य हो,” सांसद थापाले भनेका छन्, “यसमा उनले कृत्य, जालसाजी, नक्कली ओहदा धारणको प्रचारबाजीलगायत गैरकानुनी कार्य गर्दै आएको तथ्य प्रथम दृष्टिमै स्पष्ट छ ।”

थापाले पूर्वराजाले ०७९ सालदेखि आफूलाई ‘श्री ५ महाराजधिराज’का रूपमा नक्कली पगरीमा प्रस्तुत गरिरहेको उल्लेख गरेका छन् । संविधान र कानुनका दफाविपरीतका कार्यमा कारबाही नहुनुले दण्डहीनतालाई प्रोत्साहन गरेको उनको भनाइ छ ।

उनले त्यस विषयमा सरकारले केही नगर्नुलाई ‘लज्जास्पद मौनता’ भनेका छन् । “संविधानको धारा २७४ तथा मुलुकी अपराध संहिता, २०७४ को दफा ३३, ३४ र ३५, दफा ५० राजद्रोह (१)र(३), दफा ६० को ४(ख), दफा ६१, दफा २७६ को २(ख) र दफा २७९ सहित सम्बन्धित कानुनी प्रबन्धका कसुरको धज्जी उडाएर यसप्रकारको असंवैधानिक र गैरकानुनी कार्य/व्यवहारलाई देख्दै नदेख्नु वा अनदेखा गर्नु त्यसयताका सरकारहरूको लज्जास्पद मौनता हो !,” थापाले भनेका छन् ।

राजा हुँदा नै ज्ञानेन्द्रले दाजु वीरेन्द्रजस्तो ‘टुलुटुलु हेरेर नबस्ने’ भाषण गरेको र संवैधानिक बन्न अस्वीकार गर्दै निरंकुशता लादेको उनले बताएका छन् । ‘संविधानमाथि कू गर्नेलाई अहिले संवैधानिक राजतन्त्र चाहिएको’ उनले टिप्पणी गरेका छन् ।

“देशमा अहिले जनताले संघर्ष गरेर स्थापित गरेको गणतन्त्र छ, यसमा उनी संवैधानिक राजसंस्थाको दिवासपना  देखिरहेका छन्,” थापाले मंगलबार सामाजिक सञ्जालमा लेखेका छन्, “‘तेल दिँदा नखाने राति कोल चाट्ने’ भन्ने भनाइ यिनकै मूर्खता र दुर्बुद्धिका निम्ति बनेको हुनुपर्छ ।”

संवादसचिव वा ज्ञानेन्द्र स्वयंले गरेका कार्यप्रति तत्काल सचेत गराउने र नमानेमा अविलम्ब कारबाहीको बाटोमा जानुपर्नेमा उनले जोड दिएका छन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख २, २०८२  १३:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro