site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
संसद्‌मा विकसित घटनाक्रमहरू सुखद् छैनन् : माधव नेपाल
फाइल तस्बिर
Argakhachi Cement Island Ad

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले संसद्‌मा विकसित भइरहेका घटनाक्रमहरू सुखद् नरहेको बताएका छन् । 

मंगलबार धनुषामा समाजवादी प्रेस संगठन नेपालको पत्रकार सम्मेलनका क्रममा उनले सत्ता सहकार्यलाई अघि बढाउने विषयमा सबै सत्ताघटक सदस्यहरूमा विश्वास, सहयोग र समझदारी बनाएर अघि बढ्नुपर्ने बताए । उनले संसद्को गतिरोध हटाउने विषयमा वार्ता र संवादको माध्यमबाट अघि बढ्नुपर्ने बताए । 

“यो सरकारमा हामी सामेल छौँ, यो सहकार्यलाई अघि बढाउने सन्दर्भमा सम्बन्धित् सबै घटक सदस्यहरूको माझमा राम्रो विश्वास, राम्रो सहयोग, समझदारी, राम्रो सहकार्य हुनुपर्दछ, हामी देशका सबै शक्तिहरूसँग सहमतिका साथ अघि बढ्न चाहन्छौँ । संसद्‌मा जुन किसिमका घटनाहरू भइरहेका छन्, ति घटनाहरू वास्तवमा सुखद् छैनन् । त्यसैले वार्ता र संवाद गर्ने कुरामा पनि समाधान खोज्नुपर्छ । अरु स्वार्थमा त्यसलाई मोड्ने काम गर्नु हुँदैन । निजी हितमा सोच्नु हुँदैन । हिजो एक किसिमको अवस्था थियो, अवस्थामा परिवर्तन भएको छ, हामीले विभिन्न पार्टीका नेताहरूसँग एक ढंगले संवाद कायम गरेका थियौँ । सहकार्य गर्दै आएका छौँ । अर्को ढंगले जानुपर्ने हो कि भन्ने अवस्था पनि बनेको छ । अब यी सबै कुराका सन्दर्भमा कुनै पनि पार्टी फुटोस् भन्ने पक्षमा छैनौँ,” उनले भने । 

प्रकाशित मिति: मंगलबार, जेठ ८, २०८१  ११:१३
प्रतिक्रिया दिनुहोस्