site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
इरानी राष्ट्रपतिको मृत्युमा हमासले भन्यो– दुःखको अवस्थामा हामी इरानका साथ छौँ

तेहरान । इरानका राष्ट्रपति इब्राहिम रइसीको मृत्युबारे हमासले आधिकारिक रूपमा प्रतिक्रिया जनाएको छ । हमासले भनेको छ, ‘अल्लाहको मर्जीका साथ हाम्रो समवेदना इरानका सर्वोच्च नेता अयातोल्लाह खामेनाइ, इरान सरकार र इरानका जनतामा रहेको छ । दुःख र मुस्किलको स्थितिमा हामी इरानको साथ छौँ ।” 

इरानको मात्र नभए आफूहरूको लडाईंमा साथ दिएको नेताको रूपमा रइसीलाई हमासले भनेको छ, “दुर्घटनामा इरानका ती नेताको ज्यान गएको छ, जसले इरानको हितको लागि लामो लडाईं लडे । र, हाम्रो लडाईंमा पनि पूरा सहयोग गरे । यहुदीको अत्याचारविरुद्धमा प्यालेस्टाइन र प्यालेस्टाइन लडाईंमा उहाँले हामीलाई सदैव साथ दिनुभएको छ । हामीलाई भरोसा छ कि इरानका जनता यो दुखद्  अवस्थाबाट बाहिर निस्कन सफल हुनेछन् ।

इरानका राष्ट्रपतिको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएको सोमबार पुष्टि भएको थियो । बीबीसी
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, जेठ ७, २०८१  १५:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro